नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ६ एसएसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ ।
उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराईलाई राठोरको स्थानमा ल्याइएको छ ।
त्यस्तै, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्