काठमाडौं : आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ ।
गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो । बजार उच्च अंकले घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोडको भयो ।
७ कम्पनीको मूल्य बढ्यो, २६१ को घट्यो । अन्य समूह सबैभन्दा धेरै ६.०९ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले गर्दा समूह बढी प्रभावित भएको हो ।
बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशत घटे ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।



