सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रवक्ता पोखरेलका अनुसार पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १४:२६
प्रतिक्रिया दिनुहोस्



