व्यवसायी सुलभ अग्रवाल पक्राउ
काठमाडौँ : व्यवसायी सुलभ अग्रवाललाई नियन्त्रणमा लिइएको छ । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो ।
बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।
अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।
व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १३:०१
प्रतिक्रिया दिनुहोस्


