नेपाल न्युज प्वाइन्ट डटकम
आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन् ।

घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन् । घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ ।

अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ ।

घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन् । घाइतेहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update