नेपाल न्युज प्वाइन्ट डटकम
शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं : शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।

शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्।

शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update