नेपाल न्युज प्वाइन्ट डटकम
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

काठमाडौंः गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । 

उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update