नेपाल न्युज प्वाइन्ट डटकम
ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

लेखकको बयान लिने काम सकिसकेको छ । यता ओली अस्वस्थ रहेको र २४ घण्टा चिकित्सकको निगरानीमा रहनुपर्ने भएका कारण शिक्षण अस्पतालमै बयान लिन थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update