कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् ।
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।
बिदा स्वीकृत नगराइ सहसचिव गैरे २०८० वैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित थिए ।
भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्