नेपाल न्युज प्वाइन्ट डटकम
भूमिमन्त्री रावलद्वारा सहकारी पीडितसँग छलफल सुरु

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् ।

साना बचतकर्ताहरूलाई सय दिनभित्र रकम फिर्ता गराउने सरकारी लक्ष्य सार्वजनिक भएको सन्दर्भमा उनले पीडितहरूसँग संवाद अघि बढाएकी हुन् ।

मन्त्रालयका अनुसार आज बिहानदेखि देशका विभिन्न सहकारी संस्थाका पीडितहरू मन्त्रालयमा भेला भई आफ्ना समस्या र गुनासा प्रस्तुत गरिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाएका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था राख्ने अवसर पाएका छन् ।

छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितका मुद्दालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरेकी छिन् । ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,’ उनले भनिन् । उनका अनुसार सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि चरणबद्ध रूपमा काम अघि बढाइएको छ र विशेष गरी साना बचतकर्तालाई राहत दिने उपायमा ध्यान केन्द्रित गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update