नेपाल न्युज प्वाइन्ट डटकम
आजदेखि एसइई परीक्षा

काठमाडौं : माध्यामिक शिक्षा (एसइई)को परीक्षा आज बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन अंग्रेजीको परीक्षा छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् ।

जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।

देशभर १ हजार ९६६ परीक्षा केन्द्र स्थापना गरिएका छन् । परीक्षा सकिएको ३० दिनभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य छ ।

सरकारले नै एसइई परीक्षा सकिएको एक महिनामै नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो । तीन महिना लगाएर नतिजा प्रकाशन गर्दै आएको बोर्डलाई यसपटक सरकारले एक महिनामै नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको हो ।

एसइईको नतिजा ग्रेडिङमा आउनेछ । लेटर ग्रेडिङ निर्देशिका २०७८ लाई गरिएको संशोधनअनुसार सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अंक ल्याउनेहरू ग्रेडिङमा समावेश हुन्छन् । यसभन्दा अंक ल्याउनेको प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ननग्रेडेड लेखिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update