नेपाल न्युज प्वाइन्ट डटकम
गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशाले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौं : नेकपा एमाले समर्थक जेनजी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरूविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ ।

आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उनको आरोप छ । 

अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update