नेपाल न्युज प्वाइन्ट डटकम
संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौंः आज दिउँसो १ बजे संसद् सचिवालयले सर्वदलीय बैठक बाेलाएकाे छ। बैठक संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ ।

आगामी चैत १९ गते बस्ने भनिएको सांसदहरूको पहिलो बैठकका सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update