नेपाल न्युज प्वाइन्ट डटकम
प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

काठमाडौं : प्रमुख प्रशासकीय अधिकृतविहीन भएका ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । 

चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले ४ वटा उपमहानगरपालिकासहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।

यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ ।

यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update