नेपाल न्युज प्वाइन्ट डटकम
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ ।

भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको हो  । 

विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप उनीमाथी छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update