भोलिबाट अनिवार्य अवकाशमा जाँदै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत
काठमाडौँ : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् । प्रधान न्यायाधीश राउत ६५ वर्षे उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेका हुन् ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुने र भोलिबाट अनिवार्य अवकाशमा जान लाग्नु भएको बताए । उनको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।
वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२ १२:३६
प्रतिक्रिया दिनुहोस्



