नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं : काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।

जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update