नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार चैत १९ गते दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update