नेपाल न्युज प्वाइन्ट डटकम
संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने, 'संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय भएको छ ।'

राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुने सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update