नेपाल न्युज प्वाइन्ट डटकम
चैत १९ गते दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन भएपछि पहिलो पटक प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न सिफारिस भएको हो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update