नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिह गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update