नेपाल न्युज प्वाइन्ट डटकम
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौं : सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिह गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

लेखककी पत्नी यशोदाले लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update