नेपाल न्युज प्वाइन्ट डटकम
एमालेको प्रदर्शन आज पनि जारी, ओलीलाई रिहा गर्न माग

काठमाडौं : नेकपा एमालेले आज पनि सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो ।

एमालेका जनवर्गीय संघसंगठले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजिनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । 

अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिवार पक्राउ गरेको थियो ।

पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो । एमालेले आइतबार पनि प्रदर्शनलाई जारी राख्दै देशभरका जिल्ला प्रशासन कार्यलयबाट सरकारको विरोधमा ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update