नेपाल न्युज प्वाइन्ट डटकम
एमाले लुम्बिनी सांसद शर्मा पक्राउ

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए । उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update