माइतीघरमा एमालेका कार्यकर्ताको प्रदर्शन
काठमाडौं : नेकपा एमाले निकट विभिन्न भातृ संगठनहरूले एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारीविरूद्ध माइतीघर क्षेत्रमा प्रदर्शन शुरू गरेका छन् ।
२३ वटा भातृ संगठनहरूले गरेको संयुक्त प्रदर्शनले त्यस क्षेत्रको सवारी आवागमन अस्तब्यस्त बनेको छ । कार्यकर्ताहरूले उग्र नारा लगाइरहेका छन् भने सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ ।
प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजिरहेका छन् । एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १५:५८
प्रतिक्रिया दिनुहोस्



