ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
काठमाडौं : जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएकाे छ ।
शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौं जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्याइएको हो ।
उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ ०९:२०
प्रतिक्रिया दिनुहोस्



