कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गरिने भए पनि सुरक्षा निकायकको हकमा भने अध्ययन समिति गठन गरेर सो समितिले सिफारिस गरेबमोजिम कार्यान्वयन गरिने सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।
बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १७:२३
प्रतिक्रिया दिनुहोस्



