लाङटाङ क्षेत्रबाट हेलिकप्टर सम्पर्कविहीन
काठमाडौंः रसुवाको लाङटाङ क्षेत्रबाट हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो साढे १ बजेदेखि रसुवाको उत्त क्षेत्रबाट सम्पर्कविहीन भएको हो ।
मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १५:२३
प्रतिक्रिया दिनुहोस्



