नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी मोदीले दिए बधाई

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मोदीले शाहको नियुक्तिलाई नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्बका रूपमा व्याख्या गरेका छन् ।

मोदीले आफ्नो सन्देशमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र उचाइमा पुर्‍याउन शाहसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । उनले दुवै देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनमत हासिल गर्दा मोदीले बालेन र पार्टी सभापति रवि लामिछानेलाई संयुक्त रूपमा बधाई दिएका थिए । त्यसक्रममा उनीहरूबीच टेलिफोन संवाद पनि भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update