नेपाल न्युज प्वाइन्ट डटकम
तोलामा १ हजार ६०० ले घट्यो सुन

काठमाडौंः स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा रु १ हजार ६०० ले घटेको हो ।  चाँदी भने तोलामा रु ८० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५०५ कायम भएको छ । 

सोमबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ५४० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update