६ हजार ५०० ले घट्यो सुनको मूल्य
काठमाडौंः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ६ हजार ५०० रुपैयाँले घटेको छ । यससँगै आज नेपाली बजारमा छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजारमखा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १२:१७
प्रतिक्रिया दिनुहोस्



