पाटनमा एउटा घोडा दौडाएर मनाइयो परम्परागत घोडेजात्रा
ललितपुर : घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा परम्परागत रूपमा एउटा घोडा दौडाएर घोडेजात्रा मनाइएको छ । पाटन दरबार क्षेत्रको (मूलचोक)देखि बालकुमारीसम्म घोडा लगेर ३ पटकसम्म बालकुमारी मन्दिर परिक्रमा गरी स्थानीयले जात्रा मनाएका हुन् ।
पाटन दरबार स्क्वायरको मूलचोकबाट सुरु भएको जात्रा ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारीसम्म पुर्याएको हो ।
ललितपुरमा मनाइने यो घोडेजात्रा उपत्यकाका अन्य स्थानभन्दा फरक मानिन्छ। काठमाडौंमा जस्तै धेरै घोडा प्रयोग नगरी यहाँ एउटा मात्र घोडा कुदाउने परम्परा छ, जसलाई ‘एकल घोडेजात्रा’ भनिन्छ । यस वर्ष भने स्थानीय गुठीका रमेश महर्जनले घोड सवार गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १७:३४
प्रतिक्रिया दिनुहोस्



