नेपाल न्युज प्वाइन्ट डटकम
खोटाङ हेलिकप्टर दुर्घटना : घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं : खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९एन-एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त घटनामा काजीबहादुर राई घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचारको व्यवस्था गरिएको हो ।

दुर्घटनाका बेला चालकसहित कुल ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल रहेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update