नेपाल न्युज प्वाइन्ट डटकम
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

खोटाङ :  खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ ।  काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो । 

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update