नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर तीन लाख सात हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलामा तीन लाख नौ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो  । 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update