नेपाल न्युज प्वाइन्ट डटकम
आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने बताएका छन् । 

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने बताएका हुन् । 

आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । उनले भने, ‘आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो ।’

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update