सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर तीन लाख नौ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेर पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्



