कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सोमबार विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटी छाड्न आदेश दिएको हो ।
गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी तरिकाले रकम आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २८ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०८२ १७:३०
प्रतिक्रिया दिनुहोस्



