नेपाल न्युज प्वाइन्ट डटकम
गोरखा माइक्रो दुर्घटना : मृतकको संख्या ७ पुग्यो, मृतक सबै भारतीय

गोरखा : मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update