मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु
गोरखा : मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको इभी माइक्रो बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अन्य ८ जनाको भने उद्धार गरिएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२ २१:२३
प्रतिक्रिया दिनुहोस्



