नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ थिए । गएराति अप्ठ्यारो महशुस भएपछि उनलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । 

मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आएका थिए । गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उनको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उनी झापा फर्किएका थिएनन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update