नेपाल न्युज प्वाइन्ट डटकम
पोखराका पूर्वमेयर कृष्ण थापाको निधन

पोखरा : नेकपा एमालेका नेता तथा पोखरा महानगरपालिकाका पूर्वमेयर कृष्ण थापाको निधन भएको छ ।

पोखरास्थित एमाले पार्टी कार्यालयमा क्षेत्र नम्बर–१ समन्वय कमिटीको बैठकलाई सम्बोधन गरेलगत्तै उनी अचानक हृदयघात भएर ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले उपचारका लागि प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

थापा एमालेका सक्रिय नेता हुन् । पार्टीको कार्यक्रममा सहभागी भइरहेकै क्रममा उनको निधन भएको खबरले पार्टी कार्यकर्ता तथा समर्थकहरूमा शोक छाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update