नेपाल न्युज प्वाइन्ट डटकम
आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा तीन लाख १९ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो  । 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update