दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
ललितपुर : ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो । दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् ।
घटनामा मानवीय क्षति भएको छैन । भौतिक क्षतिको आँकडा आइसकेको छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १६:४१
प्रतिक्रिया दिनुहोस्



