नेपाल न्युज प्वाइन्ट डटकम
नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी, दुर्गा प्रसाईंको पर्चा भेटियो

काठमाडौं : काठमाडौंको नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी गरिएको छ ।

नैकापस्थित पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यानमा आगजानी गरिएको छ । ती गाडीमा कसले आगजनी गरेको भन्ने पत्ता लाग्न सकेको छैन । गाडीका धनी पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।

यद्यपि आगजनी स्थानमा निर्वाचन विथोल्ने कार्यमा लागेका दुर्गा प्रसाईं समूहसँग सम्बन्धित पर्चाहरू भेटिएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update