नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ  । सोमबारको तुलनामा सुन तोलामा दुई हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ८१५ रुपैयाँ निर्धारण भएको छ । सोमबार एक तोला सुन तीन लाख २६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु छ हजार २० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update