नेपाल न्युज प्वाइन्ट डटकम
फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए ।

पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update