नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौंः आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० ले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन १५ हजार ४०० र एक तोलाको चाँदीको पाँच हजार ७२५ कायम भएको छ । गत मङ्गलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ७१५ निर्धारण भएको थियो । 

हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update