दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं : सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उसर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो ।
प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ १८:५५
प्रतिक्रिया दिनुहोस्



