चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि आइतबार निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुँदै छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ १५:४९
प्रतिक्रिया दिनुहोस्



